
१० माघ, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अहिलेको अवस्थामा
आगामी वैशाखमा चुनाव हुन नसक्ने दाबी गरेका छन् ।
आज कञ्चनपूरको महेन्द्रनगर पत्रकाहरुसँग कुरा गर्दै कोइरालाले मुलुकमा अस्थिर राजनीतिक अवस्था रहेकाले चुनाव तोकिएको मितिमा हुनै नसक्ने बताए । नेकपामा अन्यौलता बढेको र विभाजन देखिएकोले टुङ्गोमा नपुग्दासम्म चुनाव नहुने उनको भनाई छ ।
महामन्त्री कोईरालले नेकपा पार्टी भित्र आधिकारिकता र चुनाव चिन्हको विवाद नटुङ्गिएसम्म चुनावको वातावरण नहुने बताए । यसैगरी कांग्रेसको अहिलेको प्राथमिकता संसद पुनःस्थापना नै रहेको प्रस्टाए ।