मन्त्रालयले ‘कोभिशिल्ड’ खोप आजदेखि सातवटै प्रदेशमा पठाउन थाल्यो



१० माघ, काठमाण्डौं ।   भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ विरुद्धको खोप आइतबारसम्म सबै प्रदेशमा पुग्ने मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताए । प्रदेशबाट जिल्ला अस्पतालमा खोप आवश्यकताका अनुसार वितरण गरिने मन्त्रलयले बताएको छ । । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने सो खोप भारतबाट नेपाल ल्याएपछि टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ ।

एक महिना वा चार हप्ताको अन्तरमा दुई मात्रामा दिइने खोप पहिलोपटक उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । मन्त्रालयका अनुसार खोप ७ प्रदेश र ७७ जिल्लाका करिब ३ सय विभिन्न अस्पतालबाट लगाइने छ ।

सरकारले उक्त खोप अंग्रपन्क्तिमा कार्यरत स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाईकर्मीलाई दिइने बताउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार