ओलीको प्रतिगामी कदमपछि नेकपालाई पुनर्गठनको ठाउँमा पुराएको छ ः देवेन्द्र पौडेल



१० माघ, काठमाण्डौं । नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले ओलीको प्रतिगामी कदमपछि नेकपालाई पुनर्गठनको ठाउँमा पुराएको बताए छन् ।

शनिबार काठमाडौंमा मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको अन्तरक्रिया तथा कम्युनिष्ट स्कुल लोकार्पण कार्यक्रममा पार्टी एकताका क्रममा भएका कमि कमजोरीहरुलाई सच्याए नेकपालाई नयाँ जीवन दिइने समेत बताए ।

जनताको माग एकता तिर रहेको र जनतासँग गरेको बाचा र व्यवहारमा तादम्यता मिलाउन नसकिएको भन्दै उनले समाजवादी क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने धारणा राखे ।
कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा र्पुयाउन नयाँ पुस्तामा पार्टी नेतृत्व हस्तान्तरण हुनुपर्ने र नयाँ पुस्ताले पनि त्यसको लागि अब संघर्ष गर्नुपर्ने बेला आएको बताए ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार