पार्टीको नाममा ओली समूहले राज्यलाई लुटिरहेछ ः योगेश भट्टराई


१० माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले नयाँ पार्टी निर्माणको प्रक्रियामा अघि बढेको बताए ।

शनिबार काठमाडौंमा माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको अन्तरक्रिया तथा कम्युनिष्ट स्कुल लोकार्पण कार्यक्रममा उनले संसद बिघटन नयाँ संस्कृति निर्माणको बहस भएको बताए ।

संसद पुनस्थापनाको विषयलाई प्रचण्ड र माधवको मुद्दाका रुपमा बुझे देशमाथि खतरा आउने उनको भनाई छ ।

नेता भट्टराईले केपी ओली समूह अराजतीतिक समूह भएको भन्दै पार्टीको नाममा ओली समूहले राज्यलाई लुटिरहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार