तालिवानसँगको शान्ति प्रक्रिया रद्ध गरिएको घोषणा


२२ भदौ, बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको तालिवान समूहसँगको शान्ति प्रक्रिया रद्ध गरिएको घोषणा गरेका छन् । 

उनले शनिबार चरणवद्ध रुपमा ट्विट गर्दै आज आइतबार क्याम्प डेभिडमा तालिवानका वरिष्ठ नेतालाई भेट्ने कार्यक्रम तय भएकोमा काबुलमा तालिवानको आक्रमणबाट एकजना अमेरिकी सैनिकको मृत्यु भएका कारण सो भेटघाट पनि रद्ध गरिएको जनाएका छन् ।

यसअघि अमेरिकी संझौताकार जाल्मे खालीजादले सैद्धान्तिक रुपमा शान्ति प्रक्रिया सहमतिको नजिक पुगेको जनाएका थिए ।

गएको बिहीबार काबुलमा भएको बम बिस्फोटमा एक अमेरिकी सैनिकसहित करिब एक दर्जन मानिसको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार