एकिकृत नमुनामाझी बस्तीलाई माछापुच्छ्रे बैंककाे आर्थिक सहयोग


२२ भदौ, काठमाडौं ।  माछापुच्छ्रे बैंकले श्वेताश्री फाउण्डेशनद्धारा सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुनामाझी बस्तीलाई आर्थिक सहयोग गरेको छ ।

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत  सुमन शर्मा तथा नायव प्रमुख कार्यकारी अधिकृत  सन्तोष कोइरालाले श्वेताश्री फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्कालाई रु.७लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन ।

श्वेताश्री फाउण्डेशनले भुकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाको चौतारा, सागाँ चोकमा माझी बस्तीको लागि ५३ वटा भुकम्प प्रतिरोधात्मक घरहरु निर्माण गरिरहेको छ ।

५३ वटा भुकम्प प्रतिरोधात्मक आवास सहित अन्य पूर्वाधारको समुचित ब्यवस्थापन गरी एकिकृत नमुना बस्तिको निर्माण गरिरहेको स्वेताश्री फाउण्डेशनलाई आवश्यक अन्य पूर्वाधार निर्माणमा सहज होस भन्ने उद्धेश्यले माछापुच्छ्रे बैंकलेरु.७ लाखआर्थिक सहयोग गरेको हो ।

अहिलेसम्म ५३ वटा आवास निर्माणको कार्य सकिएता पनि आर्थिक अभावका कारण सडक, बालबगैँचा, स्वास्थ्यचौकी, रिटेनिङ्गवाल लगायत अन्य आवश्यक पुर्वाधारहरु निर्माणको काम अगाडि बढ्न कठिनाई देखिएको कारण बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतउक्त सहयोग गरेको हो ।

माछापुच्छ बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवीप्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।

सम्बन्धित समाचार