पैतृक सम्पत्ति हस्तान्तरणमा कर हल्लामा मात्र सिमित हाेस- विनोद चौधरी


२२ भदौ,काठमाडौं । नेपाली कांग्रेसका सांसद  विनोद चौधरीले पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने बिषयले गम्भीर विकृति निम्त्याउने बताएका छन् ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद चौधरीले पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने बिषयले गम्भीर विकृति निम्त्याउने बताएका हुन ।

‘पैतृक सम्पत्ति हस्तान्तरणमा समेत कर लगाउने कुरा आएका छन्, यो हल्ला मात्र होला त्यसमै सीमित होस्, पैतृक सम्पत्तिमा कर लगाउने कुराले गम्भीर विकृति जन्माउने निश्चित छ । यसले नयाँ सामाजिक चुनौती निम्त्याउने निश्चित छ,’ चौधरीले भने । 

उनले विकास खर्च र साधारण खर्चको अनुपातमा पुनरावलोकन गर्न पनि आग्रह गरे । निर्यात घट्दै गएको भन्दै व्यापार घाटा कम गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । 

चौधरीले सातवटै क्षेत्रमा औद्योगित क्षेत्रमा खोल्ने कुरा भाषणमै सीमित भएको टिप्पणी गरे । ‘सातवटै प्रदेशमा औद्योगिक क्षेत्र बनाउने कुरा उद्घोषमै सीमित भए । भैरहवामा रहेको विशेष आर्थिक क्षेत्रमा एउटा मात्र उद्योग खुलेको सुनिएको छ । भएका पूर्वाधारमा लगानीको वातावरण भएको भए उद्योग स्थापनाका लाइन लाग्थे’, उनले भने ।  

सम्बन्धित समाचार