डा. सन्दुक रुइत डेंगुबाट संक्रमित


२३ भदौ, काठमाडौं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत डेंगुबाट संक्रमित भएका छन् ।

साथै उनका दुई छोरीहरु डेंगुबाट संक्रमित भएका छन् ।

उनीहरु सबैको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

डा. रुइत तिलगंगा आँखा अस्पतालका निर्देशक हुन् । कम लागतमा मोतीविन्दुको उपचार गरेर हजारौंको दृष्टि फर्काएका रुइत राष्ट्रिय अन्तर्राष्ट्रिय थुप्रै पुरस्कारबाट सम्मानित भएका छन् । उनलाई भारत सरकारले समेत प्रतिष्ठित पदक पद्मश्रीबाट सम्मान गरेको छ ।

सम्बन्धित समाचार