प्रकाशमान पूर्ण स्वस्थ, बढाए राजनीतिक सक्रियता


२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा सांसद प्रकाशमान सिंहले स्वास्थ्य लाभपछि भेटघाटलाई तीव्रता दिएका छन् ।

विगत एक महिनादेखि ज्वरो, मधुमेह लगायतका रोगबाट बिरामी भएका पूर्वमहामन्त्री सिंह स्वास्थ्यलाभ पछि कार्यकता भेटघाटमा सक्रिय भएका हुन् । नेता सिंह उपचार पछि घरमै आराम गरिरहेका थिए ।

पूर्ण रुपमा स्वस्थ भए पछि सिंहले आफ्नो क्षेत्रका नेता तथा कार्यकर्ता भेटघाटमा सक्रिय भएको सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

नेता सिंह अब संसद बैठक र पार्टीका कार्यक्रममा पनि उपस्थित हुने लामिछानेको भनाई छ । नेता सिंहले सोमवारदेखि नै काठमाडौंको बिजुलीबजार स्थित सम्पर्क कार्यालय मार्फत नेता तथा कार्यकर्तासंग भेटघाट गरेका हुन् ।

सम्बन्धित समाचार