एक किलो ४ सय ग्राम सुनसहित तीन जना पक्राउ


२३ भदौ, काठमाडौं ।  एक किलो ४ सय ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले कतारको दोहाबाट सुन बोकेर आएका हेमबहादुर गुरुङ र सुन रिसिभ गर्न पुगेका अन्य दुई जनालाइ पक्राउ गरेकाे हाे ।

विमानस्थल प्रहरीका एक अधिकृतका अनुसार गुरुङ हिमालय एयरलाइन्सको उडान नं. एच९५६४ मार्फत काठमाडौं आएका थिए । उनले मसला पिस्ने ओखलमा लुकाएर सुन ल्याएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय प्रहरीले सुन तस्करीविरुद्ध आक्रमक अपरेशन थालेपछि तस्करी गर्ने समूहले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई प्रयोग गरेर स–सानाको परिणाममा सुन भित्र्याउने गरेका छन् । 

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार