नयाँ ट्राफिक प्रहरी प्रमुखले सार्वजनिक गरे कार्ययोजना


२३ भदौ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सडक लाइटको व्यवस्थापन गर्ने योजना अघि सारेको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरीय ट्राफिक महाशाखाका नयाँ प्रमुख भीमप्रसाद ढकालले सडक व्यवस्थापनका लागि प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा आफ्नो मुख्य जोड रहने कार्ययोजना पनि सार्वजनिक गरे।

नवनियुक्त प्रमुख ढकालले काठमाडौं उपत्यकाको सडक व्यवस्थापनका लागि स्मार्ट ट्राफिक पुलिसको अवधारणा पनि अघि सारे।

जिम्मेवार, अनुशासित ट्राफिक प्रहरीको व्यवस्थापन गरी सडकको ट्राफिक व्यवस्थापनको कामलाई अझ बढी प्रभावकारी बनाउने उनको भनाइ छ। प्रमुख ढकालले ट्राफिक व्यवस्थापनसम्बन्धी कानुन कार्यान्वयनमा पनि कडाइ गर्ने प्रतिवद्धता व्यक्त गरे।

सम्बन्धित समाचार