प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यी भेटवार्ता


२४ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

वाङले मंगलबार बिहान राजधानीको एक पाँचतारे होटलमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

प्रचण्डको सचिवालयले दुईबीचको भेटवार्तामा दुई देशको आपसी हितलगायत विषयमा कुराकानी भएको जनाएको छ ।

वाङ नेपालको तीनदिने भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका थिए । उनी आजै स्वदेश फर्किंदै छन् ।

सम्बन्धित समाचार