७ सयले घट्यो सुनको मुल्य


२४ भदौ, काठमाडौं । मंगलवार सुनको भाउमा गिरावट आएको छ । मंगलवार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

सोमवारको तुलनामा आज सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको हो । सोमवार छापावाल सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, मंगलवार तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

महासँघका अनुसार, मंगलवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

चाँदी आज प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ । सोमवार चाँदी प्रतितोला ८ सुय ८० रुपैयाँमा कारोबार भएको थियो । 

सम्बन्धित समाचार