पेट्रोल, डिजेल र मटीतेलको मूल्य घट्‍यो


२४ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य लिटरमा दुई रुपैयाँ घटाएको छ ।

नेपाल-भारत पेट्रोलियम पाइपलाइन परियोजना उद्घाटनका अवसरमा निगमले इन्धनमा मूल्य घटाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

मूल्य समायोजनपछि पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ, डिजेल ९५ र मटीतेल ९५ रुपैयाँ हुनेछ । 

यो मूल्य आज (मंगलबार) मध्यान्ह १२ बजेदेखि नै लागू भएको छ ।

भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइन परियोजना उद्घाटन आज हुँदैछ । 
 

सम्बन्धित समाचार