दीपक मनाङ्गे र विप्लव समूहका कास्की संयोजक नेकपा प्रवेश


१९ असार, काठमाडौं । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन् ।

राजीवसँगै विप्लव समूहका कास्की संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् ।

उनीहरुलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वीसुब्बा गुरुङले टीका लगाइदिएर पार्टीमा स्वागत गरे ।

मुख्यमन्त्री गुरूङले मनाङ्गेलाई नेकपाको विधान पनि हस्तान्तरण गरे ।

सम्बन्धित समाचार