शेरबहादुर देउवा र चिनियाँ विदेशमन्त्री यीबीच भेट


२४ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

विदेशमन्त्री वाङले मंगलबार काठमाडौंस्थित एक पाँचतारे होटलमा देउवासँग भेटवार्ता गरेका हुन् । वाङ र देउवाबीचको भेटवार्तामा दुई देशको आपसी हितलगायतका विषयमा छलफल भएको छ ।

विदेशमन्त्री वाङले मंगलबार नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए ।

सम्बन्धित समाचार