सरकारले लामखुट्टे पनि मार्न सकेन-रामचन्द्र पौडेल


२४ भदौ, पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लामखुट्टे पनि मार्न नसकेको टिप्पणी गरेका छन् ।

डेंगु प्रभावित बिरामीले अस्पतालहरु भरीभराऊ हुन लाग्दा पनि नेकपा नेतृत्वको सरकारले लामखुट्टे नियन्त्रण गर्न नसकेको उनको आरोप थियो ।

डेंगुको यत्रो प्रकोप फैलिएको छ हस्पिटलहरु भरिन थालिसके,’ नेता पौडेलले भने, ‘सरकारलाई काम गर्ने मेसो नै छैन ।’

कांग्रेसले थालेको जागरण अभियान तथा विपी जयन्तीका अवसरमा बोल्दै नेता पौडेलले कास्की क्षेत्र नम्बर २ मा अब कांग्रेसकै जीत हुने जिकीर गरे । कास्की क्षेत्र नम्बर २ मै सबैको ध्यान खिचिएको उनको भनाइ थियो ।

नेता पौडेलले कांग्रेसका नेता टिकटको जालोमा फस्नुको साटो पार्टीलाई जिताउन एक भए जीत कांग्रेसकै हुने उनले बताए । मंसिर १४ मा हुने उपचुनावमा मिलेर जान नेता कार्यकर्तालाई उनको आग्रह छ ।

सम्बन्धित समाचार