यूएई विरुद्ध नेपालको जित


२४ भदौ, काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा युएई विरुद्ध नेपालले १६० रनको फराकिलो जित निकालेको छ ।

नेपालका बलरहरु चम्किदा युएईले ३४.४ ओभरमा अलआउट हुँदै १२५ रन मात्रै जाड्न सक्यो । नेपालका लागि सागर ढकालले उत्कृष्ट बलिङ गरे । उनले ३ विकेट लिए ।

पवन सर्राफ, सूर्य तामाङ र रसिद खानले २/२ विकेट लिए भने कमलसिंह ऐरीले एक विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको नेपालले २८६ रनको लक्ष्य दिएको थियो । नेपालका लागि रोहितकुमार पौडेलले कप्तानी पारी खेले ।

पौडेलले ८४ बलको सामना गर्दै एक छक्का, ९ चौकासहित ६७ रन जोडे । सन्दीप जोरा ४८, रसिद खान ४४ र कमलसिंह ऐरी ४१ रन जोडे ।

भीम सार्की एक रन जोडे भने सागर ढकालले दुई रन जोडे । ओपनर रित गौतम र पवन सर्राफले भने खाता खोल्न सकेनन् । बाङ्लादेश र श्रील‌ंकासँग पराजित हुँदै नेपाल र यूएई भने प्रतियाेगिताबाट बाहिरिसकेकाे छ ।

सम्बन्धित समाचार