संविधान दिवसका अवसरमा नेकपा झापाले बिर्तामोडमा जनसभा आयोजना गर्ने


२५ भदौ, झापा । संविधान दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले बिर्तामोडमा जनसभा आयोजना गर्ने भएको छ ।

जिल्ला कमिटीको मंगलवार सम्पन्न बैठकले असोज ३ गते संविधान दिवसमा १५ हजार कार्यकर्ताको सहभागितामा गर्ने नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए।

पाँचौं संविधान दिवसलाई झापामा भव्य रुपमा मनाउने निर्णय गरेको पाठकले बताए ।

जनसभामा झापाका पार्टी सदस्यहरुको अनिवार्य उपस्थिति रहनेछ । सो कार्यक्रमलाई पार्टीका शिर्ष नेताले सम्बोधन गर्ने छन ।

जनसभामा क्षेत्र नं. १ बाट २५ सय, क्षेत्र नं. २ बाट ५ हजार , क्षेत्र नं. ३ बाट १५ हजार, क्षेत्र नं.४ बाट २ हजार र क्षेत्र नं.५ बाट २५ सय सहभागी जनालाई गराउने बताइएको छ ।

संविधान दिवसको कार्यक्रम आयोजनाका लागि प्रेम गिरीको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । उपसंयोजकमा अरुण श्रेष्ठ र सदस्यहरुमा खड्ग तिम्सिना पवन, प्रेम प्रसाद सिटौला, मोहन सुब्बा, ध्रुव शिवाकोटी , एकराज कार्की, भुपेन्द्र न्यौपाने, सुबास भट्टराई , हरी राना, सार्दुल ओली, पुण्य प्रसाद खरेल, प्रकाश भट्टराई रहेका छन् ।

बैठकले संविधान दिवसका दिन स्थानीय स्तरमा असोज ३ गते बेलुका दिपावली गर्ने, सबै पार्टी सदस्यले आफ्नो–आफ्नो घरमा पार्टी झण्डा र राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ ।

सम्बन्धित समाचार