विप्लवका छोरा प्रकाशसहित १५ विद्यार्थी पक्राउ


२५ भदौ, चितवन । सरकारबाट प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थी  चितवनबाट पक्राउ परेका छन्।

चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबिचको झडपमा उनीहरुलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए ।

केही समय अघिदेखि विद्यार्थीहरु मेडिकल कलेजविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन्। उनिहरुले तोकिएको भन्दा बढी लिएको शुल्क फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखी आन्दोलन गर्दै आएका छन्।

सम्बन्धित समाचार