
२५ भदौ, काठमाडौं । नियमित स्वास्थ्य जाँचपछि प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालबाट बालुवाटार फर्किएका छन्।
त्यहाँ उनको मुटु, मिर्गौला र हातको पनि स्वास्थ्य जाँच गरिएको छ । प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान पौन नौ बजेको समयमा महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए।
उनका निजी चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. अरुण सायमीका अनुसार स्वास्थ्य जाँचका क्रममा सिंगापुरमा मिर्गौलाको प्लाज्मा फेरेसिस गर्दा शरीरमा राखिएको पाइप झिकिएको छ।
यसअघि प्रमको सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार गरिएको थियो। उनी यही २० गते स्वदेश फर्किएका थिए।