नक्कली सुन बिक्री गर्ने पक्राउ


२५ भदौ, मोरङ । सक्कली सुन भनी नक्कली सुन दिदै सर्वसाधरणबाट लाखौं रुपैयाँ ठगि गर्ने मोरङ बुढिगंगा गाउँपालिकामा सुन पसल संचालन गर्ने सुन व्यापारी पक्राउ परेका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका – २ स्थित गणेश लक्ष्मी ज्वेलर्स (सुन पसल) संचालन गर्दै आएका विराटनगर महानगरपालिका – ४ का ३६ वर्षिय जितेन्द्र साह स्वर्णकारलाई प्रहरीले सक्कली भनि नक्कली सुन दिएको आरोपमा पक्राउ गरेको हो ।

व्यापारी स्वर्णकारले आफ्ना सुन पसलमा धितो राखेको सुनहरू समय सिमा पुरा भएपछि ग्राहकले आएर साँवा र व्याज चुक्ता गरेपछि सक्कली सुन राखेर नक्कली सुन दिने गरेको प्रहरीको अनुसन्धाबाट खुलेको हो ।

स्वर्णकारले ग्राहकले धितोमा राखेको सुन जस्तै बनाएर नक्कली सुन दिई ठगी गेरको भन्ने ८ जनाको उजुरीको आधारमा स्वर्णकारलाई पक्राउ गरिएको हो ।

पैसाको लोभमा बिभिन्न मितिमा, बिभिन्न समस्या देखाएर नक्कली सुन गहनाहरूलाई सक्कली सुनका गहनाहरू हुन भनि विश्वासमा पारी झुक्याएर खड्ग बहादुर श्रेष्ठलाई बाला र औंठी २ थान, बेरूवा औंठी १ थान, टप ७ थान, कुन्डल १० थान, सुनको जुली समेत दिएर पटक पटक गरी १ लाख ४० हजार ठगि गरेको प्रहरी कार्यालय मोरङले जनाएको छ ।

श्रेष्ठलाई जस्तै गरि अन्य ७ जना जना महिला र पुरुषलाइ पनि सुन व्यापारी स्वर्णकारले सक्कली भनि नक्कली सुन दिएर ठगि गरेको खुल्न आएको छ ।

पक्राउ परेका स्वर्णकारलाई मुलुकी अपराध संहिता, २०७४ को ठगी कसुर अन्तर्गत थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार