पाँचथरको फिदिममा घाँटी रेटेर आत्महत्या


२५ भदौ, पाँचथर । पाँचथरको फिदिम नगरपालिका-८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् ।

आज बिहान साँढे ९ बजेको समयमा आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको भन्ने सूचना पाए लगत्तै अस्थायी प्रहरी चौकी तमाखेबाट खटिएको प्रहरी टोलीले गुरुङलाई मृत अवस्थामा फेला पारेको थियो ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार