प्रतिनिधि र राष्ट्रिय सभा बैठक बस्दै


२६ भदौ, काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज (विहिवार) बस्दैछ ।

आज दिउँसो १ बजे  बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

यस्तै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले “राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको राहदानी विधेयक, २०७५ माथि पुर्नविचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

छलफल पछि परराष्ट्रमन्त्री ज्ञवालीले “राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएका राहदानी विधेयक, २०७५ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत  गर्ने कार्यसूची रहेको छ  । 

संघीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक पनि आज दिउँसो एक बजे बस्दै छ । 

आज बस्ने बैठकमा गृहमन्त्री राम बहादुर थापाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७६ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

यस्तै, आजको बैठकमा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले “विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सम्बन्धित समाचार