स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै


१५ फागुन,काठमाडौं । स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ ।

श्रीस्वस्थानीको व्रत बस्नाले सबै मनोरथ पूरा हुने धार्मिक जनविश्वास रहेको छ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको वर्त शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज वर्त समापन गर्न लागेका हुन् ।

विधिपूर्वक एक महिने वर्त गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई वर्तको कामना पूर्णहोस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।

आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई वर्त समापन गरी रात्रिमा जाग्राम बसी भोली बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी वर्त समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार