राष्ट्रपति रबरस्टाम्प बनेपछि मुलुकुमा राजनीतिक समस्या बढ्याे- प्रकाशमान सिंह


१५ फागुन, काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीमा नैतिकताको ‘न’ पनि नभएको बताउनु भएकाे छ ।

राजधानीमा स्वास्थ्य दर्पण पत्रिकाले आयोजना गरेको कार्यक्रममा सिंहले संविधानसभा हुँदै नभएको काम गरेपछि कुन नैतिकताका आधारमा त्यही संसद्मा मुख देखाउने भन्ने सवाल उठेको सिंहले बताउनु भयाे ।

राष्ट्रको अभिभावक राष्ट्रपति रबरस्टाम्प बनेपछि मुलुकुमा राजनीतिक समस्या बढेको सिंहको जिकिर छ ।

संविधानसभाका अध्यक्ष चाकडीमा लागेकोसमेत सिंहले बताउनु भयाे । गलत व्यक्तिको हातमा शासनसत्ता पुगेकै कारण अहिलेको समस्या आएको सिंहको दाबी छ । राजनीति सेवाभावले गर्नुपर्ने उहाले बताउनु भयाे । केही दल र नेताका कारण सिंगो राजनीतिमाथि नै प्रश्न उठेको उहाको तर्क छ । अहिले सबै दल मिलेर काम गर्नुपर्ने वेला आएको भन्दै सिंहले कांग्रेसबाहेक अरूले जिम्मेवारी पूरा गर्न नसक्ने दाबी गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार