निर्वाचन आयोगलाई नारायणकाजी श्रेष्ठकाे प्रश्न- ‘निर्णय किन गर्न नसकेकाे ?’


१५ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले पार्टीको आधिकारिकताको विवाद निरुपणको निर्णय के उदेश्यका निम्ति नदिएकाे हाे भनि प्रश्न गर्नु भएकाे छ ।

सामाजीक संजालमा लेख्दै प्रवक्ता श्रेष्ठले नेकपा विवादलाई यथाशीघ्र टुंगाउन कानूनसम्मत निर्णय आयोगले दिनुपर्ने बताउनु भएकाे हाे । 

सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा गरेको ऐतिहासिक फैसला सबैका लागि प्रेरक रहेको भन्दै उहाले निर्वाचन आयोगले पनि तत्कालै निर्णय गर्नुपर्ने बताउनु भएकाे छ ।

“सर्वोच्च अदालतमार्फत पुरा हुन नसकेको प्रतिगामी योजनाको सेवामा के निर्वाचन आयोग प्रयोग होला त ? अदालतले दिएको सकारात्मक निकासलाई कार्यान्वयन हुनबाट रोक्ने हतियार निर्वाचन आयोग बन्ला त ?संविधानलाई बचाउने अदालतको फैसलालाई निष्प्राण बनाउदै संविधान र कानूनलाई नाङ्गै लत्याउने काम निर्वाचन आयोगबाट होला त ?अहिलेको सर्वाधिक सार्वजनिक सरोकारको प्रश्न हुन् यी ।” प्रवक्ता श्रेष्ठले लेख्नु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार