महावीर पुनकाे सरकारसँग आग्रह-आइफाका लागि छुट्याएकाे पैसाले यस्ताे गर्नुहाेस


१९ असार, काठमाडौं ।  राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले भारतीय चलचित्रसँग सम्बन्धित आइफा अवार्डका लागि छुट्याइएने भनिएको पैसाले अरु महत्वपूर्ण काम गर्न सरकारसँग आग्रह गरेका छन । 

आइफाका लागि काठमाण्डौ महानगरपालिका र नेपाल पर्यटन बोर्डले दिने भनेको कम्तीमा ४४ करोड रुपैयाँबाट धेरै महत्वपूर्ण काम गर्न सकिने भन्दै पुनले केही विकल्प पनि दिएका छन । 

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यो रकमबाट बाग्मती र विष्णुमतीमा मिसिने ढलहरुलाई नदीमा मिसिनुभन्दा पहिल्यै प्रशोधन गरेर खाना पकाउने ग्यास निकाल्ने र नदीमा सफा पानी छोड्ने दुईओटा प्लाण्टकाे व्यवस्था गर्न सकिने सुझाव दिएका छन ।

यस्ताे छ उनकाे फेसबुक स्टाटस–

सम्बन्धित समाचार