शुक्रबार सबै विदेशी मुद्राको भाउ घट्याे


२७ भदौ, काठमाडौं ।  शुक्रबार सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्रबैंकले साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा तोकेको छ ।

हिजो खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा नै थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा तोकेको छ ।

हिजो यसको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५६ पैसा थियो । 

सम्बन्धित समाचार