प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको बरिष्ठ नेता खनालको आरोप


४ चैत, काठमाण्डौ ।  नेकपा (एमाले)का बरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्वयं भ्रष्टाचारीलाई संरक्षण गरेको गम्भीर आरोप लगाएका छन् । एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दैे यो तीन वर्षमा महत्वपूर्ण नियुक्तिमा पनि प्रधानमन्त्री ओलीले आफ्ना धुपौरेहरुलाई मात्रै नियुक्ति गरेको आरोप लगाएका छन् ।


खनालले ओलीले पहिलो क्याविनेट बनाउँदा देखिनै एकलौटी ढंग गरेको भन्दै राष्ट्रिय योजना आयोग बनाउँदा समेत कुनै छलफल नगरेको बताए । ‘तीन वर्षमा आएका नीति कार्यक्रम पनि पार्टीका कुरा समेटिएन । बजेटमा पनि पार्टीका कार्यक्रम नीति सोच प्रतिविम्बित हुन सकेनन् एकलौटी बजेट ल्याउनुभयो’, खनालको भनाइ छ ।


साथै ओलीका ज्यादतीहरू तीन वर्षसम्म कठोर भएर सहनुपरेको बताउदै उनले भने ‘जब हामीले प्रश्न उठाउन थालेपछि उहाँले संसद नै विघटन गर्न पुग्नुभयो । त्यो संविधानका विरुद्ध थियो’, खनालले भने, ओलीको उक्त कदम राजनीतिक र संवैधानिक लडाइँ लड्दै संसद पुनःस्थापनापछि संविधान, लोकतन्त्र र जनताको जनादेश बचाउन र अस्थिरता अन्त्य गर्न सकियो ।’

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज