शुक्रवार सुनकाे मुल्यमा गिरावट


 २७ भदौ, काठमाडौं । शुक्रवार छापावाल सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

विहिवारको तुलनामा शुक्रवार  सुनको मूल्यमा २ सय रुपैयाँको गिरावट आएको हो । विहिवार छापावाला सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै शुक्रवार  तेजावी सुन भने प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

चाँदीको मूल्यमा पनि पछिल्लो समय गिरावट आएको छ ।

चाँदी शुक्रवार प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ । विहिवार चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार