अफगानिस्तानको जाबुलमा भएको सुरक्षा कारबाहीमा २७ लडाकू मारिए, १८ घाइते


काठमाडौं : अफगानिस्तानको जाबुल प्रान्तमा भएको सुरक्षा कारबाहीमा कम्तीमा २७ लडाकू मारिएका छन् । सरकारी सुरक्षा निकायले चलाएको सुरक्षा कारबाही क्रममा उनीहरुको मृत्यु भएको हो ।

सेनाले बिहीबार जारी गरेको वक्तव्यका अनुसार सुरक्षा कारबाहीका क्रममा अरु १८ लडाकू घाइते पनि भएका छन्।

लडाकूहरुले प्रयोग गर्ने गरेको मोटरसाइकल, विस्फोटक पदार्थ तथा अन्य हतियारहरु समेत सुरक्षाकर्मीले नष्ट पारेका छन्।

सुरक्षा कारबाहीका क्रममा सरकारी सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने सेनाको वक्तव्य मौन रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज