
२० चैत,काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यलय सानेपामा दिउँसो २ बजे समितिको बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीति र महाधिवेशन कार्यतालिका हेरफेरबारे निर्णय लिने
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । भदौ ७ गतेदेखि हुने १४ औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने पौडलको भनाई छ ।
संसद पुनःस्थापनापछि पार्टी महाधिवेशन र राष्ट्रिय राजनीतिबारे काँग्रेस केन्द्रीय समितिमा आज छलफल हुन लागेको हो ।