दिल्लीमा रात्रीकालीन कर्फ्यु


२४ चैत, कामाण्डौं । कोरोना संक्रमणको दर उच्च भए पछि रोकथामका लागी भारको राजधानी दिल्लीमा रात्रीकालीन कर्फ्यु जारी गरिएको छ ।

दिल्ली राज्य सरकारले मंगलबार राती देखि लागु हुने गरि राति १० बजेदेखि बिहान ५ पाँचबजेसम्म लागि कफ्र्यु लगाउने घोषण गरेको छ ।

आगामी ३० अप्रिलसम्मका लागि कर्फ्यु जारी रहने छ । विगत केही सातायता दिल्लीलगायत प्रमुख सहरहरुमा संक्रमण तीव्र बन्दै गएको छ । दिल्लीमा सोमबार मात्र ३ हजार ५४८ संक्रमित थपिएका थिए ।

भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन भयावह बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज