बसको ठक्करबाट सुनसरीमा एक जनाको मृत्यु


३१ भदौ, सुनसरी । बसको ठक्करबाट सुनसरीमा एक जनाको मृत्यु भएकाे छ ।

खनार सोमबारे स्थित धरान बिराटनगर सडक खण्डमा  को १ ख २७४७ नम्बरको गोकुलम यातायात बसले  मंगल सिहं दमाईलाई ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो ।

 घाईते उनलाई उपचारको लागी कोशी अञ्चल अस्पताल बिराटनगर ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार