चिनिया नागरिक नगद सहित पक्राउ


३१ भदौ, पर्सा । पर्सा प्रहरीले एक चिनिया नागरिकलाई नगद सहित पक्राउ गरेकाे छ ।

गणतन्त्र चीन घर बताउने झ्याङ सायाेङ  नाम गरेको ब्यक्तिले घर भाडामा लिई बिना भिषा अबैध रूपमा बस्दै आएको भन्ने सुचनाकाे आधारमा प्रहरीले उनलाइ पक्राउ गरेकाे हाे ।

प्रहरीले उनकाे साथबाट नगद रु.४,३५००० (चार लाख पैतिस हजार ) बरामद भएकाे र पासपोर्ट र भिषा भने नभेटिएकाे प्रहरीले बताएकाे छ । 

उनलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार