माैसमकाे कारण त्रिभुवन विमानस्थलमा अवतरण अवरूद्ध


३१ भदौ, काठमाडौ । सोमबार राातिदेखिको झरीले काठमाण्डाैको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरणमा पटक–पटक समस्या भएको छ ।

मंगलबार बिहान केहीबेर बन्द र खुला रहँदै आएको विमानस्थलमा अहिले फेरि अवतरण ठप्प रहेको छ ।

जहाज उडान भैरहे पनि अवतरण ४५ मिनेटदेखि रोकिएको विमानस्थलले बताएकाे छ । 

विमानस्थलमा अवतरण हुन नसक्दा नेपाल एअरलाइन्स, इन्डिगो, लायन एअरलगायतका विमानले दर्जनौँ पटक काठमाण्डौ आसपासको आकासमा फन्को लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार