बालिकालाई जबरजस्ती करणी गर्ने र गर्न खाेज्ने दाजुभाइ पक्राउ


३१ भदौ, झापा । बालिकालाई जबरजस्ती करणी गर्ने र गर्न खाेज्ने दाजुभाइ पक्राउ परेका छन ।

ईलाका प्रहरी कार्यालय दमकले दाजुभाईलाई पक्राउ गरेको छ ।

सोमबार राती ११ बजे १५ बर्षिय बालिकालाई उनकै २३ बर्षिय छिमेकीले फोन गरेर घरबाट ५०० मिटरको जंगलमा बोलाएर जबरजस्ती करणी गरी फरार भएका थिए ।

आफुलाई जबरजस्ती करणी गरेको भन्दै केटाको घरमा पुगेकी बालिकालाई केटाकाे  दाजुले समेत सोही जंगलमा लगेर जबरजस्ती करणीको प्रयास गरेको भन्दै बालिकाकाे आफन्तले बताएका छन ।

प्रहरी कार्यालय गौरादहमा अनुसार उजुरी अाएपछि  खोजतलाशमा खटिएको प्रहरीको टोलीले घटनामा संलग्न २ जना दाजुभाईलाईनै पक्राउ गरेको हाे।

पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार