नेपाल र नेदरल्याण्ड्स बीच खेल हुदैं


७ बैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल आज हुँदैछ । खेल आज दिउँसो १ः १५ बजे सुरु हुने छ ।

शनिबारदेखि सुरु भएको सिरिजमा नेपाल र नेदरल्याण्ड्स दोस्रोपटक खेल्न लागेका हुन् । यस अघि उदघाटन खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

त्यसपछि नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराउँदै पहिलो जित हात पारेको थियो । नेपालले सोमबार मलेसियालाई पनि ९ विकेटले हराउँदै दोस्रो जित हात पारेको थियो ।

घरेलु टोली नेपाल लगातार तेस्रो खेल जित्दै फाइनलमा स्थान पक्का गर्ने योजनामा छ । उता नेदरल्याण्ड्स पहिलो हारको बदला लिने दाउमा हुनेछ । डबल राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज