बिनासकारी भुकम्पका समय खिचेका फोटो प्रदर्शनी



१२ बैशाख, काठमाडौं । नेपालमा २०७२ विनाशकारी भूकम्प गएको आइतबार ६ बर्ष पूरा भएको छ । ६ बर्ष अघि आजैको दिन बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो । यसैबीच बिनासकारी भूकम्पका बेला फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले खिचेका फोटोहरुको प्रदर्शनी गरिएको छ ।

मध्यपुर सञ्चार समाजको आयोजनामा भक्तपुरमा भएको प्रदर्शनीमा भूकम्पका कारण भएको क्षती, उद्धार कार्य लगाएतका फोटो राखिएको छ ।

फोटो अवलोकन गर्दै मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठले भूकम्पपछि पुननिर्माण करिव अन्तिम चरणमा पुगेको र भूकम्पबाट बच्नका लागि आवश्यक तयारी नगरपालिकाले गरेको बताउनुभयो । बैशाख १२ गतेको भूकम्पवाट नेपालको १४ जिल्ला अतिप्रभावित बनेको थियो ।

त्यसको प्रत्यक्ष असर ३१ जिल्लामा पनि परेको थियो । नीजि घर तथा सरकारी भवन गरेर करिब नौ लाख घर तथा भवन काम नलाग्ने गरेर भत्किएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बैशाख १२ को भूकम्पबाट क्षति भएका निजी अवास क्षेत्रको पुनर्निर्माणको प्रगति उच्च रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज