टी–२० क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा


२ असोज, काठमाडौं । सिंगापुरमा यही सेप्टेम्बर २७ तारिखबाट सुरु हुने तीन देशबीचको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

सिरिजका लागि बिहीबार पारस खड्काको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरिएको हो ।

सिंगापुर र ओमान टूरका लागि घोषित नेपाली टोलीमा इशान पाण्डे र कुशल मल्लले इन्ट्री गरेका हुन् ।

नेपाली टोली

पारस खड्का (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, कारण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, इशान पाण्डे, सन्दीप जोरा र रोहितकुमार पौडेल ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार