भारतमा कोरोनाको धज्जीःप्रहरीकै अगाडी बिना मास्क चुनाबी उत्सब


१९ बैशाख,काठमाण्डौ । भारतमा कारोना महामारीका कारण चुनाबी र्याली तथा बिजयी उत्सब मनाउन प्रहरीले रोक लगाएपनि टीएमसी दल समर्थकहरुले कालीघाट र कोलकत्तामा पटका पट्काउँदै नाराबाजी सहित उत्सब मनाउन थालेका छन ।

गत अप्रिलमा सम्पन्न बिधानसभा चुनाबको परिणामको मत गणना जारी रहेकै बेला टीएमसी दल समर्थकहरुले नाराबाजी गर्न थालेका हुन । पश्चिम बङगालमा भाजपा भन्दा मतअन्तरमा अगाडीबढेपछि टीएमसी दल समर्थकहरुले प्रहरीकै अगाडी नाराबाजीसहित पटका पट्काउदै ठूलो स्वरमा गित बजाउँदै उत्सब मनाईरहेका छन ।


कतिपय सहभागीले मास्क समेत लगाएका छैनन । प्रहरीले भने महामारीका बेला भिडभाड नगर्न आग्रह गरेपनि उनीहरुले बेवास्ता गर्दै उत्सब मनाईरहेका छन । पश्चिम बङगालमा टीएमसीले २ सय २ मत प्राप्त गर्दा भाजपाले जम्मा ८८ मत प्राप्त गरेको छ ।

भारतको चार राज्य बंगाल,आसाम,केरला,तामीलनाडु र एक केन्द्र शासित प्रदेश (पदुचेरी) को मतपरिणामका लागी मतगणना जारी छ । यसैबचि भारतीय निर्बाचन आयोगले बिजयी उत्सब तत्काल रोक्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

माहमारीका बीच देशको अबस्था भयाबह अबस्थामा रहेका बेला भिड जम्मा नगर्न निर्देन दिएको हो । यदि कसैले नियमको उल्लघंन गरेमा वा भिड नियन्त्रण नगरेमा प्रहरी अधिकारीलाई निलम्बन गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज