दुई विधेयक प्रतिनिधि सभाबाट स्वीकृत


२ असोज, काठमाडौं । सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७५, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त विधेयक २०७५ सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ । 

राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त यी दुई विधेयकलाई प्रतिनिधिसभाको बिहीबारको दोश्रो बैठकले सर्वसम्मति स्वीकृत गरेको हो ।

छलफलमा सांसदहरुबाट उठेका जिज्ञासाको सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सबै समस्याको एउटै हल आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन मात्रै नभएको भन्दै आर्थिक अनुशासन पालना गराउनका लागि अन्य कानुनहरुको पनि उत्तिकै प्रभावकारी कार्यान्वयन गर्न सके आर्थिक विसंगतिको समाधान गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार