नेपाल भ्यालुयर्स एसोसिएसनको ३ दिने फिक्स एसेट तालिम सम्पन्न


२ असोज, कपिलवस्तु । नेपाल भ्यालुयर्स एसोसिएसन लुम्विनि च्याप्टरको आयोजनामा आयोजित ३ दिने फिक्स एसेट तालिम रूपन्देहि जिल्ला मनिग्राममा अवस्थित ड्रिमल्याड गाेल्ड रिसाेर्टमा सुरूवात भएको छ ।

उक्त कार्यक्रममा Senior Valuer/Trainner इन्जिनियर देवेन्द्र श्रेष्ठका साथै Trainner सुशिल अमात्य र Traineer दिनेश पाठकले साथै पुरन सुवेदी र सुमन काेइरालाले तालिममा Facilitate गर्नु भएको थियो ।

फिक्स एसेट तालिममा रूपन्देही र भैरहवा जिल्लालाइ कर्मथलो बनाइ कार्यरत २२ जना विभिन्न इञ्जिनियरिङ कन्सल्टेन्सि फर्ममा आबद्द इञ्जिनियरहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम मा नेपाल भ्यालुयर्स एसासिएसन लुम्विनि च्याप्टरका अध्यक्ष इन्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठकाे अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि नेपाल इञ्जिनियर्रस एसोसिएसन प्रदेश ५ का अध्यक्ष इन्जिनियर कुसुमराज ज्ञवाली, अतिथि नेपाल भ्यालुयर्स एसोसिएसन केन्द्रका उपाध्यक्ष जीवन अर्याल तथा लुम्विनि च्याप्टरका सल्लाहाकार दुजेन्द्र बस्नेत र टंक कँडेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहजिकरण नेपाल भ्यालुयर्रस एसोसिएसन लुम्विनि च्याप्टरका इन्जिनियर यमलाल पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार