सरकारले सरकारी कर्मचारी र सुरक्षा निकायलाई पार्टी कार्यकर्ताजस्तो बनायाे- देउवा


२ असोज, काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशनको अनितम दिन विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारले सरकारी कर्मचारी र सुरक्षा निकायलाई पार्टी कार्यकर्ताजस्तो बनाएको बताएका छन । 

सरकारले यस्ता गतिविधि जारी राखे धेरै दिन संसद बन्द हुने चेतावनी दिएका हुन् ।

कांग्रेस सभापति देउवाले संसदमा भने, ‘म स्पष्ट रुपमा भन्न चाहन्छु, जनताले तिरेको ट्याक्सबाट तलब खाने, कुनै पार्टीको कार्यकर्ताजस्तो हुने कुनै हालतमा हुन सक्दैन, धेरै दिनसम्म रोष्टम बन्द हुन्छ ।’

अहिलेकै सरकारको पालामा वाइडबडी काण्ड, सुनकाण्ड, बालुवाटार जग्गा काण्डजस्ता ठूला भ्रष्टाचारका घटना भएको भन्दै उनले सिंगो राज्य संरचना नै भ्रष्टीकरण भएको दाबी लगाए । उनले भने, ‘भ्रष्टाचारको कुनै पनि मुद्दामा उन्मुक्ति दिनुहुन्न छानबिन गर्नुपर्छ । त्यसका लागि प्रतिपक्षको साथ छ ।’ उनले भने ।

विवादास्पद र गैरसंवैधानिक विधेयकहरु ल्याएका कारण सरकारप्रति असन्तुष्टि बढेको भन्दै उनले यसलाई व्यवस्थाप्रतिकै असन्तुष्टिको रुपमा प्रचार नगर्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार