नेपालले गतिशील शान्तिवाद र तटस्थतावादको नीति लिनुर्पछ- बाबुराम भट्टराई


२ असोज, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल भूराजनीतिक अत्यन्तै संवेदनशील रहेको भन्दै सही नीति लिन नसके अफगानिस्तानजस्तो द्वन्द्वमा फस्न सक्ने खतरा औंल्याएका छन् । 

प्रतिनिधिसभाको बैठकमा संबोधन गर्दै उनले अमेरिकको इन्डो प्यासिफिक नीति, चीनको बेल्ट एन्ड रोड इनिसियटिभ र भारतको हिमालयन फ्रन्टियर नीतिको टकराव नेपालमा हुन लागेकाले सचेत हुन सरकारलाई आग्रह गरे ।

प्रष्ट विदेश नीति अवलम्वन गर्दै सन्तुलित व्यवहार गरेको खण्डमा देश समृद्ध बन्नसक्ने पनि उनले सरकारलाई सुझाव दिएका थिए ।

‘भूराजनीतिक अवस्थिति नेपालको लागि ठूलो अवसर र चुनौती पनि हो । थर्ड वल्र्डबाट फस्र्ट वल्र्डमा जानसक्ने अवसर हामीसँग छ । यसलाई ठीक ढंगले समालेर जानुपर्नेमा हामी चुक्दै त छैनौँ !’ डा. भट्टराईले भनेका छन् ।

खासगरी तीन ठूला शक्ति राष्ट्रको नाम नै लिएर नेपालमा उनीहरुले चासो देखाएको तर उनीहरुसँग अलग अलग व्यवहार गरेर अघि बढ्नुपर्ने उनको धारणा थियो ।

उनले नेपालले गतिशील शान्तिवाद र तटस्थतावादको नीति लिनुपर्ने भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार