
५ असोज, काठमाडौं । दसैं, तिहारमा राजधानीबाट बाहिरिने यात्रुका लागि सार्वजनिक यातायातको टिकट बुकिङ आजदेखि खुलेको छ ।
दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आजदेखि अग्रीम टिकट बुकिङ सुरु गरेको हो ।
सरकारले यस वर्ष भाडा बढाउने तयारी गरे पनि तत्काललाई रोकिएको छ । चाडपर्व अगाडि भाडा नबढ्ने सरकार र व्यवसायीले स्पष्ट पारिसकेका छन् । त्यसैले दशैँमा घर जाँदा यसअघिकै भाडादरमा यात्रा गर्न पाइन्छ ।
हेर्नुहोस् भाडा कति लाग्छ ?