देशका अधिकांश भूभागमा हल्का देखि मध्यम वर्षा हुने पुर्वानुमान


५ असोज, काठमाडौं । जलवायु तथा मौसम विज्ञान महाशाखाले अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्का देखि मध्यम वर्षा भएको जनाएको छ ।

मनसुनको अवधी भोलि ६ गते सम्मको मात्रै भए पनि कम्तिमा एकसाता लम्बिने अवस्था देखिएको महाशाखाले जनाएको हो । एक हप्तासम्म केही वर्षा पनि हुने र घाम पनि लाग्ने खालको अवस्था देखिएको छ ।

महाशाखाले जारी गरेको वक्तव्यमा आज देशभरी सामान्यदेखि पूर्ण बदली रहने र देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने उल्लेख गरेको छ । भोलि र पर्सि पनि देशभरी आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ ।

आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन र चट्याङ् तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

पहाडी भूभागमा पहिरो जान सक्ने तथा नदीमा पानीको बहाव सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ ।

असोज ०५ गते आईतबारकाे माैसम पुर्वानुमान

दिउँसो: देशभरी सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती:  देशभरी सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार