नेपाल टेलिकमद्धारा आजबाट भिओ एलटिई सेवाको परीक्षण सुरु


३ जेठ, काठमाडौं । नेपाल टेलिकमले विश्व दूरसञ्चार दिवसको अवसर पारेर आजबाट भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण सुरु गरेको छ ।उक्त सेवा फोरजीमा आधरित छ । यो सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइस सेवा प्राप्त गर्न सकिन्छ ।

भिओ एलटिई सेवा आफ्नो मोवाईलमा एक्टिभ गर्नको लागी ८४४४३डायल गर्नु पर्छ । त्यसपछि आउने निर्देशनअनुसार यो सेवा सुचारु गर्न सकिन्छ ।

यो एकपटक एक्टिभ भएपछि २८ दिनसम्म जम्मा १०० मिनेट निःशुल्क सेवा प्राप्त गर्न सकिनेछ । यो सेवा प्रिपेड र पोस्टपेड दुवै प्रकारका सिममा प्राप्त गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज