वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक प्यानल विजयी


८ असोज, काठमाडौं । वैदेशिक रोजगार व्यावसायी संघको अध्यक्षमा कांग्रेस निकट विष्णुप्रसाद गैरे विजयी भएका छन् ।

प्रमुख सत्तारुढ नेकपा निकट संयुक्त व्यावसायी समूहका सरोज कुमार पोखरेललाई ४७ मत अन्तरले हराउँदै गैरे अध्यक्षमा विजयी भएका हुन् ।

यसअघि निवर्तमान नेतृत्व वामपन्थी निकटको थियो । तर टानको निर्वाचनमा जस्तै वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा पनि कांग्रेससँग नेकपा पराजित भएको छ ।

मंगलबार काठमाडौंको बौद्धस्थित होटल हायातमा भएको साधारणसभामा कुल ६१९ मत खसेकोमा अध्यक्षमा विजयी गैरेले २७० मत पाए । पराजित पोखरेलले २२८ मत पाए ।

संघको पूर्व उपाध्यक्षसमेत रहेका गैरे नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यावसायी फोरमका पूर्वअध्यक्ष एवं अक्सन इन्टरनेशनल प्रालिका सञ्चालक हुन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार